|
17, Dec, 2017
सगरमाथाको फेदीमा हिमाल एफ.एम. «» निशुल्क कोचिङ कक्षाप्रति विद्यार्थी आकर्षित «» रिपोर्टस्र क्लबको चार पुरस्कार र नौ सम्मानु,सर्वोत्कृष्ट शाखाको रुपमा सोलुखुम्बु शाखा अध्यक्ष निरौला सम्मानित «» जहाजले सुकायो पर्यटन,तीन गाविसमा सिमित जिल्लाको पर्यटन व्यवसाय «» टिम्बुरबोटेको नाङ्गो ओढारमा गगन थापा «» पाँच महिनाको अस्पताल वसाईपछि पुनर्जीवन पाए शरनदेवले «» कुन पहिलो,आधिकारिकता विवाद सुल्झियो,सोलुखुम्बु पोष्ट नै पहिलो खबरपत्रिका «» बुङको कोठेमा चट्टान बलेपछि देख्नेहरु आश्चर्यमा «» टा_िक्सन्दुमा शिक्षक अभिभावक संघ पुनर्ताजगी कार्यक्रम सम्पन्न «» नुनथला सामुदायिक बनद्धारा गस्ती «» जिल्ला खाद्य सुरक्षा साजाल गठन,ख्ााद्यन्न ढुवानी अनुदानमा फेज आउट नगर्ने «» चार जना कार्यालय सहयोगी सहित ५ कर्मचारी पुरस्कृत «» बाली जोगाउन रातभर जागै «» अनेरास्ववियू संगठन विस्तारमा «» राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय ९५ लाख घाटामा
Quick links
राशी फल
प्रतिक्रिया
ramro chha sangai dherai ramro garne sambhawona chha. hami jo rajdhani ma basera patrakarita garchhau.sabai sanga sahakarya garda ramro hunchha. thanks.
सामान्य ज्ञान
1. नेपालको सबैभन्दा ठूलो सिमेन्ट कारखाना कुन जिल्लामा पर्दछ ?
- उदयपुर
2. चिया खेतीमा प्रसिद्धी पाएको जिल्ला कुन हो ?
- इलाम
3. प्रशासन सुधारका लागि बुच कमिशन कहिले गठन भयो ?
- २००९ सालमा
4. नेपालको प्रतिस्पिर्धी क्षमता भएको क्षेत्र कुन हो ?
- जलश्रोत
5. गोभरगाढा भन्ने स्थान कुन जिल्लामा पर्छ ?
- सप्तरी
6. विश्व हुलाक संघमा हाल कति वटा राष्ट्रले सदस्यता लिएका छन्
- १८९
कला र साहित्य
July 25 2010

सम्झौता र आँधिबेहरी उपन्यास सार्वजनिक

- भानुभक्त निरौला

सल्लेरी ७ साउन । उपन्यासकारद्वय प्रविणकुमार राईको सम्झौता र रामउदास राईको आँधिबेहरी उपन्यासको बुधबार एक कार्यक्रमका बीच विमोचन गरिएको छ ।
सदरमुकाम सल्लेरीमा सोलुखुम्बु साहित्यिक समाजले आयोजना गरेको कार्यक्रममा सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले दुई छुट्टा-छुट्टै उपन्यासको विमोचन गर्नु भएको हो । विमोचन गरिएका उपन्यासहरुमध्ये सम्झौता उपन्यासका लेखक प्रविणकुमार राई खोटाङ नेर्पा-४ का हुनुहुन्छ । उहाँ सोलुखुम्बुमै शिक्षण पेशामा सम्लग्न हुनुहुन्छ । यसका साथै आँधिबेहरी उपन्यासका उपन्यासकार रामकुमार राई सोलुखुम्बुको पावैमा जन्मनु भएको हो ।
६९ पृष्ठ रहेको प्रविणकुमार राईको सम्झौता उपन्यासमा शहरी वातावरणबाट कथाबस्तुको उठान गरिएको छ । काठमाण्डौ- खोटाङ हुँदै सोलुखुम्बुको बातावरणीय अवस्थाको चित्रण गर्दै लघु उपन्यासका रुपमा प्रस्तुत गर्न खोजिएको सो उपन्यासलाई सामाजिक उपन्यासका रुपमा पनि लिन सकिन्छ ।
यसका अतिरिक्त रामकुमार राईको आँधिबेहरी उपन्यासमा भने सोलुखुम्बुको परिवेशलाई चित्रण गर्दै आर्थिक विषमता र सामाजिक समस्याको उठान गर्न खोजिएको छ । आँधिबेहरी ५९ पृष्ठ लामो रहेको छ । सो अवसरमा सम्झौता उपन्यासको सोलुखुम्बु बहुमुखी क्याम्पसका उपप्राध्यापक तोया अधिकारीले समीक्षा गर्नु भएको थियो भने आँधिबेहरीको समीक्षा सोलुखुम्बु पोष्टका भाषा सम्पादक हरिराम भट्टराईले गर्नु भयो ।
कार्यक्रममा प्रहरी नायब उपरिक्षक सुदमकुमार सिजापति नयाँ रणभीम गुल्मका गुल्मपति अर्जुन बस्नेत जिल्ला शिक्षा अधिकारी हरी हर्याल एकीकृत नेकपा माओबादीका जिल्ला सह-ईन्चार्ज कज्र्याङ शेर्पा र नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुका अध्यक्ष आङ ङिमा लामा लगायतको उपस्थिती रहेको थियो ।

 

तपाईको प्रतिक्रिया
कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
*पूरा नाम
*ठेगाना
*ईमेल ठेगाना
*प्रतिक्रिया:
*क्याप्चा
Verification Image
Facebook add3 Add1