|
17, Dec, 2017
सगरमाथाको फेदीमा हिमाल एफ.एम. «» निशुल्क कोचिङ कक्षाप्रति विद्यार्थी आकर्षित «» रिपोर्टस्र क्लबको चार पुरस्कार र नौ सम्मानु,सर्वोत्कृष्ट शाखाको रुपमा सोलुखुम्बु शाखा अध्यक्ष निरौला सम्मानित «» जहाजले सुकायो पर्यटन,तीन गाविसमा सिमित जिल्लाको पर्यटन व्यवसाय «» टिम्बुरबोटेको नाङ्गो ओढारमा गगन थापा «» पाँच महिनाको अस्पताल वसाईपछि पुनर्जीवन पाए शरनदेवले «» कुन पहिलो,आधिकारिकता विवाद सुल्झियो,सोलुखुम्बु पोष्ट नै पहिलो खबरपत्रिका «» बुङको कोठेमा चट्टान बलेपछि देख्नेहरु आश्चर्यमा «» टा_िक्सन्दुमा शिक्षक अभिभावक संघ पुनर्ताजगी कार्यक्रम सम्पन्न «» नुनथला सामुदायिक बनद्धारा गस्ती «» जिल्ला खाद्य सुरक्षा साजाल गठन,ख्ााद्यन्न ढुवानी अनुदानमा फेज आउट नगर्ने «» चार जना कार्यालय सहयोगी सहित ५ कर्मचारी पुरस्कृत «» बाली जोगाउन रातभर जागै «» अनेरास्ववियू संगठन विस्तारमा «» राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय ९५ लाख घाटामा
Quick links
राशी फल
प्रतिक्रिया
ramro chha sangai dherai ramro garne sambhawona chha. hami jo rajdhani ma basera patrakarita garchhau.sabai sanga sahakarya garda ramro hunchha. thanks.
सामान्य ज्ञान
1. नेपालको सबैभन्दा ठूलो सिमेन्ट कारखाना कुन जिल्लामा पर्दछ ?
- उदयपुर
2. चिया खेतीमा प्रसिद्धी पाएको जिल्ला कुन हो ?
- इलाम
3. प्रशासन सुधारका लागि बुच कमिशन कहिले गठन भयो ?
- २००९ सालमा
4. नेपालको प्रतिस्पिर्धी क्षमता भएको क्षेत्र कुन हो ?
- जलश्रोत
5. गोभरगाढा भन्ने स्थान कुन जिल्लामा पर्छ ?
- सप्तरी
6. विश्व हुलाक संघमा हाल कति वटा राष्ट्रले सदस्यता लिएका छन्
- १८९
स्वास्थ्य शिक्षा
April 06 2011

निशुल्क कोचिङ कक्षाप्रति विद्यार्थी आकर्षित

- बुद्धबीर बाहिङ


सोलुखुम्बु २३ चैत ।

शिक्षाको बढ्दो व्यापारीकरणसँगै ट्युसन सेण्टरहरुमा महंगको शुल्क तिरेर पढ्न बाध्य विद्यार्थीहरुलाई सदरमुकाम सल्लेरीमा निशुल्क कोचिङ कक्षा साचालनमा आए पछि पढाईमा निकै सहजता आएको छ ।
आगामी बैषाख र जेठमा साचालन हुने कक्षा ११ र १२ को परीक्षालाई लक्षित गरि सल्लेरीमा निशुल्क कोचिङ कक्षा शुरु भए पछि गरिब विद्यार्थीहरुलाई ुखाए खा नखाए घिचु को अवस्थामा रहेका महंगा ट्युसन सेण्टर धाउनु पर्ने बाध्यता पनि हटेको छ । ुशिक्षामा समान पहुँचु भन्ने लक्ष्यका साथ नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति सोलुखुम्ब्ाुले साचालन गरेको दुई वटा कोचिङ कक्षाहरुमा हाल दुइ सयको हाराहारीमा विद्यार्थीहरु निशुल्क पढिरहेका छन् । दुर्गम हिमाली जिल्लामा अङ्ग्रेजी विषयमा विद्यार्थीहरु कमजोर हुने भएकाले विशेष गरेर सोही विषयको निपूर्णताका लागि कक्षा शुरु गरिएको नेविसंघले जनाएको छ ।
सदरकमुकामको सोलुखुम्बु बहुमुखी क्याम्पस र जनजागृती उच्च माविमा बेलुकीपख हुने कक्षामा सदरमुकाम र आसपासका विपन्न विद्यार्थीहरुले पठन पाठन गरिरहेका छन् । ुविद्यार्थी संगठनहरु राजनैतिक मुद्दामा मात्रै बढी केन्द्रीत भईरहेको अवस्थामा शैक्षिक मुद्दामा पनि हामीले ध्यान पुर्याएका हौँु कोचिङ कक्षाको औचित्य बताउँदै नेविसंघ जिल्ला अध्यक्ष नविन थापाले नागरिकसँग भने ुहामीले यो भन्दा अगाडी पनि स्नातक तह र अङ्ग्रेजी भाषा प्रशिक्षण कक्षाहरु प्नि निशुल्क रुपमा चलाएका थियौँ ।ु
एता विद्यार्थीहरु पनि कोचिङ कक्षाबाट आफुहरुलाई धेरै राहत पुगेको बताउँछन् । ुट्यूसन पढ्ने खर्च नभएर यसपाली परीक्षामा अङ्ग्रेजी फेल होईएला जस्तो लागिरथ्यो निशुल्क पढ्न पाईयो पास गर्ने आशा जागेको छु कोचिङ कक्षामा सहभागि छेस्काम गाविसका रामकुमार कुलुङले हर्षित मुद्रामा भने । त्यस्तै कोचिङ साचालकहरुलाई धन्यबाद दिँदै काँगेल गाविसकी सहभागी शान्ति बस्नेतले भनिन् ुसधैँ ढुङ्गा मुढा र टायरको राजनिति गर्ने विद्यार्थी संगठनहरुले यस्तै गरि शैक्षिक कि्रयाकलापमा ध्यान दिने हो भने विद्यार्थीको हितमा हुन्छ ।ु
उच्च माध्यामिक शिक्षा परिषदले कक्षा १२ को आगामी बैषाख र ११ को जेठ देखि परीक्षा साचालन गर्दैछ ।

तपाईको प्रतिक्रिया
कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
*पूरा नाम
*ठेगाना
*ईमेल ठेगाना
*प्रतिक्रिया:
*क्याप्चा
Verification Image
Facebook add3 Add1