रिपोर्टस्र क्लबको चार पुरस्कार र नौ सम्मानु,सर्वोत्कृष्ट शाखाको रुपमा सोलुखुम्बु शाखा अध्यक्ष निरौला सम्मानित
वीना राई/सोलुखुम्बुपोष्ट
काठमाडौ १७ चैत ।
रिपोर्टस्र क्लब नेपालले आफ्नो तेह्रौ बार्षिक उत्सव एवम् रिपोर्टस्र डेको अवसरमा रिपोर्टस्र क्लब सोलुखुम्बु शाखाका अध्यक्ष भानुभक्त निरौला सम्मानित हुनु भएको छ । क्लबको वार्षिकोत्सको अबवरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री झलनाथ खनाल एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली काग्रेसका सभापति सुशिल कोइरालाले संयूक्त रुपमा निरौलालाई सम्मानपत्रद्धारा सम्मान गर्नु भएको थियो ।
त्यसैगरी क्लबका उत्कृष्ट जिल्ला शाखाहरुमा अाचल शाखा लुम्बिनिका अध्यक्ष प्रकाश खनाल पसा्र सुदुर पश्चिम क्षेत्रीय शाखा नवलपरासी र कालिकोटलाई पनि सम्मान गरिएको थियो ।
क्लबका केन्द्रीय अध्यक्ष ऋषी धमलाको सभापतित्वमा भएको कार्यक्रममा नेपालकै सर्वाधिक ठूलो धनरासीको स्वर्गीय गिरिजाप्रसाद कोइराला पत्रकारिता पुरस्कार सहितका चार पुरस्कार र नौ सम्मानबाट पत्रकार र प्रशारण माध्यमका सन्चालकहरुलाई सम्मानित गरेको छ ।
क्लबले स्थापना गरेको नेपालमै पत्रकारिता क्षेत्रको सर्वाधिक रासीको स्वर्गीय गिरिजाप्रसाद कोइराला पत्रकारिता पुरस्कारबाट बरिष्ठ पत्रकार हरिहर विरहीलाई सम्मानित गरियो । यसैबर्ष स्थापना गरिएको सो पुरस्कारको रासी एकलाख एक हजार एक रुपैया नगद सहित ताम्रपत्र रहेको छ ।
स्वर्गीय गिरिजाप्रसाद कोइरालासँग एकदमै निकट रहनु भएका पत्रकार विरहीले प्रेस स्वतन्त्रताको आफ्नो अभियानमा सात बर्ष जेल जीवन र तीन वर्ष प्रवासमा निस्कासीतको जीवन ब्यतित गर्नु भएको छ ।
त्यसैगरी कार्यक्रममा कृष्णसेन ईच्छुक पत्रकारिता पुरस्कार जनदिशा साप्ताहिकका कार्यकारी सम्पादक मनऋषि धिताललाई प्रदान गरिएको थियो । सो पुरस्कारको रासी २५ हजार नगद सहित ताम्रपत्र रहेको छ । त्यसैगरी बाबुछिरि फोटो पत्रकारिता पुरस्कार कान्तिपुर दैनिककी फोटो पत्रकार श्रुति श्रेष्ठलाई प्रदान गरिएको थियो । सो पुरस्कारको रासी पनि २५ हजार नगद र तम्रपत्र रहेको छ ।
त्यसैगरी विरेन्द्र साह स्मृत्ति पत्रकारिता पुरस्कार जनकपुरका विविसी नेपाली सेवा र अन्नपूर्ण दैनिकका संवाददाता बृजकुमार यादवलाई प्रदान गरिएको थियो । सो पुरस्कारको रासी १५ हजार रुपैया नगद र ताम्रपत्र रहेको छ ।
त्यसैगरी कार्यक्रममै एभेन्यूज टेलिभिजनका अध्यक्ष भाष्करराज राजकर्णिकार नेपाल टेलिभिजनका नायब महाप्रवन्धक गंभिरकान्त मैनाली सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ्ग न्यूज २४ टेलिभिजनका अध्यक्ष अनिल जोसी हिमालयन टेलिभिजनका अध्यक्ष ललित अग्रवाल माउन्टेन टेलिभिजनका अध्यक्ष जनक पन्त ईमेज टेलिभिजनकी उपाध्यक्ष ईन्दिरा मानन्धर एवीसी टेलिभिजनका सुभशंकर कडेल तराई टेलिभिजनका दिनेश श्रेष्ठलाई उहाँहरुले टेलिभिजन पत्रकारितामा गरेको योगदानकोलागी तम्रपत्र सहित सम्मान गरिएको थियो ।
कार्यक्रममै बाबु छिरि फोटो पत्रकारिता पुरस्कार प्राप्त कान्तिपुर दैनिककी फोटो पत्रकार श्रुति श्रेष्ठले आफूले पुरस्कार स्वरुप पाएको २५ हजार रुपैया नगद आमा नेपाल नामक संस्थालाई हस्तान्तरण गरेकी थिईन ।