जहाजले सुकायो पर्यटन,तीन गाविसमा सिमित जिल्लाको पर्यटन व्यवसाय
- बुद्धवीर बाहिङ/सोलुखुम्बु पौषहिमालको काखमा रहेको नेपाल । अनि विश्वको धुरी सगरमाथा जसको काखमा अवस्थित हिमाली जिल्ला सोलुखुम्बु । देख्दा लाग्छ-प्रकृतिको कुशल शिल्पीले बुट्टा भरेको सुन्दर आकृति हो सोलु । के स्वदेशी के विदेशी सवैको आकर्षण हो-सोलु । हुनपनि प्रकृतिका रमणीय छटाले कसलाई लोभ्याउँदैन र सोलुखुम्बु भन्ना साथ सबैको मस्तिष्कमा पर्न जान्छ की-पर्यटकीय नगरि जहाँका बासिन्दाको जीवनस्तर उच्च र भिन्न छ । तर त्यहाँका बासिन्दाको बास्तविक पिडा भने पृथक छ । ३४ वटा गाविस रहेको सोलुखुम्बुका ३ वटा गाविसमा मात्र पर्यटन व्यवसाय सिमित छ । जिल्लाको उत्तरी क्षेत्रका गाविसहरु चौरिखर्क नाम्चे र खुम्जुङमा सिमित बनेको हो समग्र पर्यटन । विदेशबाट आएका पर्यटकहरु त्रिभुवन अनतार्राष्ट्रि विमान स्थलबाट सिधै लुक्ला विमानस्थलमा पर्यटकहरु आउने गरेका छन् । लुक्ला विमानस्थल चौरिखर्क गाविसमा पर्दछ । पर्यटकहरु लुक्लाबाट नाम्चे हुँदै आधारशिविर वा मुख्य गन्तब्य पुगेर लुम्ला विमानस्थलबाटै काठमाण्डौ फर्कने गर्छन । पर्यटकले पदमार्ग प्रयोग नगरेपछि तल्लो क्षेत्रका बासिन्दाले पर्यटन व्यवशायबाट लाभ लिने त कुरै छाडौँ पर्यटकको नाक मुख समेत देख्न पाउँदैनन् ।
२०५३ सालदेखि काठमाडौंबाट लुक्लाका लागि नियमित हवाई यातायात सुविधा शुरु भएपछि पदयात्रीको संख्या ह्वात्तै खस्किएको हो । त्यसपछि सोलुखुम्वुको किाजा-खरिखोला पदमार्गका पर्यटन व्यवसायी मिलेर सोलुखुम्वुको माथिल्लो भेग आउने पर्यटकले आउँदा वा फर्किंदा एकपटक पैदल यात्रा गर्नुपर्ने नियम बनाए । त्यसो त पर्यटकले नियमको पालना पनि गरेकै हुन् । तर मुलुकमा सशस्त्र द्वन्द्व चर्किएपछि पैदल िहंड्न असुरक्षा भयो भन्दै पर्यटकहरु फेरि जहाजै चढ्न थालेका हुन । शान्तिप्रकि्रया शुरु भएपछि पनि उड्ने बानी परेका पर्यटकहरुले पैदल िहंड्ने जाँगर देखाउनै छोडेका छन् ।
दोलखाको जिरीसोलुखुम्बुको किन्जाबजारजुनबेसीनुनथलाखरीखोला हुँदै खुम्बु क्षेत्रमा प्रवेश गर्ने पर्यटकहरु पछिल्लो समयमा सीधै लुक्लामा जान थालेपछि त्यसभन्दा तलतिरका पदमार्गमा पर्ने पर्यटन व्यवसायीहरु मारमा परेका हुन् । यसबाट पर्यटकको सेवा सुविधाका लागि भन्दै गरेको लगानी डुब्ने भयले उनीहरु चिन्तित बनेका छन् ।
जिरी-लुक्ला पदमार्गमा पर्ने स्थानहरु किाजाबजारलाम्जुराजुनबेशीरिङमूनुनथलाजुभिङ् खरीखोलापैयाँ जस्ता स्थानमा गरी करीब २ हजार भन्दा बढी त होटल व्यवसायीहरु मात्र छन् । दश बर्षे द्धन्द्धकालमा खस्केको पर्यटन व्यवसाय अहिले पनि सुधारोन्मुख नभएको खरीखोलाका स्थानीयवासि तथा नपाली काँग्रेसका जिल्ला नेता प्रेम बहादुर राणा मगरले बताए ।
पर्यटकहरुले एकातर्फी पैदल मार्ग प्रयोग गर्न वा सोलुखुम्बुको तल्लो क्षेत्रमा रहेका २ वटा बिमानस्थलहरु फाप्लु र काँगेल विमानस्थललाई पर्यटकको सुबिधाको लागि प्रयोग गरेको खण्डमा तल्लो क्षेत्रमा पर्यटनको विकास हुने संभावना ए माओबादी जिल्ला नेता हिमाल गिरीले अघि सारेका छन् । सरकारले पर्यटकहरुलाई एकातर्फी अनिवार्य पैदल यात्रा गर्नुपर्ने प्रावधान सहित नीति तर्जुमा गर्नुपर्ने बताउँछन् । यसो गरेमा पर्यटन उद्योग फस्टाउने र यसको लाभाँस केन्द्रिकृत नहुने उनको भनाई छ ।
तल्लो क्षेत्रका वासिन्दाहरुले पर्यटकको स्वागत सत्कार गर्न नपाउनुको पिडा त छदैँछ तर नेपाल सरकारले पनि सोलुखुम्बुलाई उपेक्षाको दृष्टिले हेरेको विश्लेषकहरु बताउँछन । जसलाई प्रमाणित गरेको छ पर्यटन रोयल्टीले । नेपाल सरकारले सगरमाथा लगायत सोलुखुम्बुमा रहेका अन्य हिमशृङखलाको आरोहण गरेबापत बर्षेनी अरबौँ रोयल्टी भित्र्याउने गर्छ तर जिल्लाले पाउने निश्चित प्रतिशत लाभांस नियमित रुपमा दिईरहेको छैन । जसका लागि जनप्रतिनिधि नभएको जिल्ला विकास समितिमा कामचलाउ प्रतिनिधको रुपमा रहेका राजनैतिक दलहरुले पनि महत्वपूर्ण भूमिका खेल्न सकेका छैनन् ।
प्रायः स्वदेशी तथा विदेशी पदयात्री पर्वतारोहीलाई लुक्ला नाम्चे र सगरमाथा आधारशिविरले बढ्ता तान्छ । तर सोलुखुम्बुमा घुमघामका लागि रमाइला ठाउँ अरु पनि प्रशस्तै छन् । जसको खोजी हुन सकेको छैन् । सोलखुम्बुको खुम्बु क्षेत्र भ्रमणको लागि मात्र तेिाजङ हिलारी विमानस्थल लुक्लामा दैनिक जसो १ हजार ६ सयको हाराहारीमा पर्यटकहरु ओर्लन्छन । पर्यटन बर्ष २०११ नजिकिदै गर्दा यस क्षेत्रको भ्रमण गर्ने पर्यटकको संख्यामा उल्लेख्य बृद्वि भएको भएपनि पर्यटन प्रबद्र्वनको लागि यी क्षेत्रमा ठोस तयारी पटक्कै हुन सकेका छैनन् । पर्यटन बर्ष शुरु हुनै लाग्दा पर्यटकको संख्यामा बृद्धि त भएको छ तैपनि उनीहरुले विभिन्न समस्या झेल्नुपरेको छ । त्यसैले पदयात्रा भन्दा पर्यटकहरु हवाईजहाजमार्फत सिधै लूक्ला जाने गरेका छन् । नेपालकै उत्कृष्ट पर्यटकीय स्थलमध्येको सगरमाथा क्षेत्रमा पर्यटकको सुबिधाका लागि सरकार लगाएत सरोकारवालाले ध्यान नदिएको पर्यटन ब्यवसायीहरुको गुनासो छ ।