|
17, Dec, 2017
सगरमाथाको फेदीमा हिमाल एफ.एम. «» निशुल्क कोचिङ कक्षाप्रति विद्यार्थी आकर्षित «» रिपोर्टस्र क्लबको चार पुरस्कार र नौ सम्मानु,सर्वोत्कृष्ट शाखाको रुपमा सोलुखुम्बु शाखा अध्यक्ष निरौला सम्मानित «» जहाजले सुकायो पर्यटन,तीन गाविसमा सिमित जिल्लाको पर्यटन व्यवसाय «» टिम्बुरबोटेको नाङ्गो ओढारमा गगन थापा «» पाँच महिनाको अस्पताल वसाईपछि पुनर्जीवन पाए शरनदेवले «» कुन पहिलो,आधिकारिकता विवाद सुल्झियो,सोलुखुम्बु पोष्ट नै पहिलो खबरपत्रिका «» बुङको कोठेमा चट्टान बलेपछि देख्नेहरु आश्चर्यमा «» टा_िक्सन्दुमा शिक्षक अभिभावक संघ पुनर्ताजगी कार्यक्रम सम्पन्न «» नुनथला सामुदायिक बनद्धारा गस्ती «» जिल्ला खाद्य सुरक्षा साजाल गठन,ख्ााद्यन्न ढुवानी अनुदानमा फेज आउट नगर्ने «» चार जना कार्यालय सहयोगी सहित ५ कर्मचारी पुरस्कृत «» बाली जोगाउन रातभर जागै «» अनेरास्ववियू संगठन विस्तारमा «» राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय ९५ लाख घाटामा
Quick links
राशी फल
प्रतिक्रिया
ramro chha sangai dherai ramro garne sambhawona chha. hami jo rajdhani ma basera patrakarita garchhau.sabai sanga sahakarya garda ramro hunchha. thanks.
सामान्य ज्ञान
1. नेपालको सबैभन्दा ठूलो सिमेन्ट कारखाना कुन जिल्लामा पर्दछ ?
- उदयपुर
2. चिया खेतीमा प्रसिद्धी पाएको जिल्ला कुन हो ?
- इलाम
3. प्रशासन सुधारका लागि बुच कमिशन कहिले गठन भयो ?
- २००९ सालमा
4. नेपालको प्रतिस्पिर्धी क्षमता भएको क्षेत्र कुन हो ?
- जलश्रोत
5. गोभरगाढा भन्ने स्थान कुन जिल्लामा पर्छ ?
- सप्तरी
6. विश्व हुलाक संघमा हाल कति वटा राष्ट्रले सदस्यता लिएका छन्
- १८९
प्रमुख समाचार
December 19 2010

टिम्बुरबोटेको नाङ्गो ओढारमा गगन थापा

- भानुभक्त निरौला
टिम्बुरबोटेको नाङ्गो ओढारमा गगन थापा
स्मृति दिवस कार्यक्रममा सहभागीहरु

नेपाली लोकतान्त्रिक आन्दोलनको अन्तिम शसस्त्र क्रान्तिको पर्याय हो टिम्बुरबोटे । सोलुखुम्बुको तिङला-७ मा अवस्थित घनाजङ्गलको विचमा रहेको टिम्बुरबोटे ओढारमा २०३१ साल पौष १ गते १७ जना योद्धाहरु एउटै चिहानमा गाडिएका थिए ।
तत्कालिन पाचायति शासनको विरद्धमा नेपाली काँग्रेसद्वारा गरिएको सोलुखुम्बु कब्जा गर्ने पुर्व योजना अनुसार क्याप्टेन यज्ञबहादुर थापाको कमाण्डमा गएको टोलिलाइ सरकारी फौजले एकै चिहान बनाईदिएको थियो ।
नेपाली काँग्रेसका तत्कालिन महामन्त्री गिरिजाप्रसाद कोईरालाको नेतृत्वमा भएको उक्र शसस्त्र क्रान्तिको ३६ औँ स्मृति दिवस मनाउन काँग्रेस युवा नेता गगन थापा टिम्बुरबोटे पुगे । उक्त कालो दिनको सम्झनामा गर्दै गर्दा त्यो कालो रित्तो र नाङ्गो ओडारमा भावविव्ह्ल हुँदै थापाले शहिदको सपना नै लोकतन्त्रको जग भएको बताए ।
 टिम्बुरबोटे सहिद स्मृति सरोकार समाजले टिम्बुरबोटे मै गरेको कार्यक्रममा सभाषद थापाले टिम्बुरबोटे पार्क निर्माणका नाममा प्राप्त सरकारी रकम दुरुपयोग गर्नेलाई ससक्त कारबाही गर्न नेपाली काँग्रेस केन्द्रिय समिति र संसद समक्ष प्रष्ट कुरा राख्ने प्रतिबद्धता जनाए । थापाले उक्त  प्रतिबद्धता जनाउँदै गर्दा रहस्यपूर्ण कुरा केछ भने टिम्बुरबोटे सँगै लाखौँ रुपैँया ुहिनामिनाु पनि जोडिएर आउँछ ।
लोकतान्त्रिक आन्दोलनमा टिम्बुरबोटे ओढारमा राष्ट्रलाई नै अपुरणीय क्षति पुगेको भन्दै टिम्बुरबोटेमा पार्क निर्माण गर्ने सरकारी योजना मुताविक पुर्व मन्त्री बलबहादुर केसीको अध्यक्षता टिम्बुरबोटे शहिद स्मृति पार्क प्रतिष्ठान गठन गरियो । र पार्क निर्माणको जिम्मा पायो केसी नेतृत्वको त्यही समितिले । पार्क निर्माणका लागि त्ात्कालिन संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयबाट रु।४३ लाख विनियोजन भएको थियो । साथै  विभिन्न निकायबाट छुट्टा छुट्टै समयमा प्रतिष्ठानलाई बजेट प्राप्त भएको थियो । राज्यकोषबाट जति रकम विनियोजन भएता पनि हालसम्म टिम्बोरबोटेमा पार्क बन्ने त कुरै छाँडौ निर्माणका नाममा सिन्को सम्म भाचिएको छैन । पार्क नै नबनेको टिम्बुरबोटे ओढारमा फेरी यस पटक पर्यटन मन्त्रालय मार्फत ८ लाख रुपैँया विनियोजन गरियो । तर यो रकम भने राजनैतिक दलहरुको पहलमा सो प्रतिष्ठानलाई खर्च गर्न नदिई सर्वदलीय संयन्त्र मार्फत खर्च गरिँदैछ ।
स्मरणीय छ टिम्बुरबोटेमा क्याप्टेन यज्ञबहादुर थापा नेविसंघका केन्द्रिय उपाध्यक्ष राम उपाध्याय र लक्ष्मण उपाध्यय लगायत १७ जनाको ज्यान गएको थियो भने टिम्बुरबोटे घटनासँग सम्बद्ध विभिन्न स्थानमा गरि ३१ जनाले ज्यान गुमाएका थिए ।

तपाईको प्रतिक्रिया
कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
*पूरा नाम
*ठेगाना
*ईमेल ठेगाना
*प्रतिक्रिया:
*क्याप्चा
Verification Image
Facebook add3 Add1