|
17, Dec, 2017
सगरमाथाको फेदीमा हिमाल एफ.एम. «» निशुल्क कोचिङ कक्षाप्रति विद्यार्थी आकर्षित «» रिपोर्टस्र क्लबको चार पुरस्कार र नौ सम्मानु,सर्वोत्कृष्ट शाखाको रुपमा सोलुखुम्बु शाखा अध्यक्ष निरौला सम्मानित «» जहाजले सुकायो पर्यटन,तीन गाविसमा सिमित जिल्लाको पर्यटन व्यवसाय «» टिम्बुरबोटेको नाङ्गो ओढारमा गगन थापा «» पाँच महिनाको अस्पताल वसाईपछि पुनर्जीवन पाए शरनदेवले «» कुन पहिलो,आधिकारिकता विवाद सुल्झियो,सोलुखुम्बु पोष्ट नै पहिलो खबरपत्रिका «» बुङको कोठेमा चट्टान बलेपछि देख्नेहरु आश्चर्यमा «» टा_िक्सन्दुमा शिक्षक अभिभावक संघ पुनर्ताजगी कार्यक्रम सम्पन्न «» नुनथला सामुदायिक बनद्धारा गस्ती «» जिल्ला खाद्य सुरक्षा साजाल गठन,ख्ााद्यन्न ढुवानी अनुदानमा फेज आउट नगर्ने «» चार जना कार्यालय सहयोगी सहित ५ कर्मचारी पुरस्कृत «» बाली जोगाउन रातभर जागै «» अनेरास्ववियू संगठन विस्तारमा «» राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय ९५ लाख घाटामा
Quick links
राशी फल
प्रतिक्रिया
ramro chha sangai dherai ramro garne sambhawona chha. hami jo rajdhani ma basera patrakarita garchhau.sabai sanga sahakarya garda ramro hunchha. thanks.
सामान्य ज्ञान
1. नेपालको सबैभन्दा ठूलो सिमेन्ट कारखाना कुन जिल्लामा पर्दछ ?
- उदयपुर
2. चिया खेतीमा प्रसिद्धी पाएको जिल्ला कुन हो ?
- इलाम
3. प्रशासन सुधारका लागि बुच कमिशन कहिले गठन भयो ?
- २००९ सालमा
4. नेपालको प्रतिस्पिर्धी क्षमता भएको क्षेत्र कुन हो ?
- जलश्रोत
5. गोभरगाढा भन्ने स्थान कुन जिल्लामा पर्छ ?
- सप्तरी
6. विश्व हुलाक संघमा हाल कति वटा राष्ट्रले सदस्यता लिएका छन्
- १८९
प्रमुख समाचार
September 14 2010

कुन पहिलो,आधिकारिकता विवाद सुल्झियो,सोलुखुम्बु पोष्ट नै पहिलो खबरपत्रिका

- सोलुखुम्बु पोष्ट ब्यूरो/सल्लेरी २५ भदौ

सोलुखुम्बु जिल्लाबाट प्रकाशित दुई वटा साप्ताहिक खबरपत्रिकाहरु मध्ये कुन पहिलो भन्ने आधिकारिकता सम्बन्धी विवाद सुल्झिएको छ । जिल्लाबाट प्रकाशित सोलुखुम्बु पोष्ट र सोलु समाचार दुवैले जिल्लाबाट प्रकाशित पहिलो खबरपत्रिकाको दाबी गरिरहेको बेला सूचना विभाग र जिल्ला प्रशासन कार्यालयमा रहेका प्रमाणहरुको आधारमा सोलुखुम्बु पोष्ट नै पहिलो खबरपत्रिका भएको आधिकारिकता प्रदान गरेपछि यस सम्बन्धी विवाद टुङ्गिएको हो । सोलुखुम्बु पोष्ट साप्ताहिकले अस्थायी र स्थायी दुवै दर्ता प्रमाणपत्र अगाडि लिएको आधारमा सूचना विभागले भदौ ६ गते सोलुखुम्बु पोष्टले अग्रता पाउनॆ निर्णय गरेको हो । सोलुखुम्बु पोष्टले अग्रता प्राप्त गरेपछि सोलुखुम्बु पोष्ट सोलुखुम्बु जिल्लाकै पहिलो साप्ताहिक खबरपत्रिका बनेको छ । कानुनतः सोलुखुम्बु पोष्ट नै पहिलो खबरपत्रिका भएपनि अर्को खबरपत्रिकाले पहिलोको दाबी गरेपछि कुन पत्रिका अगाडि हो भन्ने आधिकारिता खुलाईदिन पोष्टले ०६७ साउन ४ गते सूचना विभागमा पत्र लेखेको थियो । <br>
२०६६ साल माघ ११ गते अस्थायी दर्ता भएको सोलुखुम्बु पोष्ट साप्ताहिकले २०६७ असार ६ गते नै  स्थायी दर्ताको प्रमाणपत्र लिईसकेको छ । जिल्लाबाटै प्रकाशित अर्को साप्ताहिक सोलु समाचारले २०६३ साल चैत्र २७ गते दर्ता भई २०६४ सालको शुरुवात सँगै प्रकाशन भएको सगरमाथा साप्ताहिकको नाम परिवर्तन गरिएको भन्दै आफूलाई जिल्लाबाट प्रकाशित पहिलो खबरपत्रिकाको दाबी गर्दै आएको थियो । उक्त पत्रिकाले नाम परिवर्तन गरेको भनी जिल्ला प्रशासन कार्यालयले २०६६ माघ २४ गते अर्को दर्ता प्रमाणपत्र प्रदान गरेको थियो । कानुनतः सगरमाथा साप्ताहिक खबर पत्रिका खारेज भईसकेकोले सोलु समाचारको दर्ता प्रमाणपत्र नै मान्य हुने र उक्त पत्रिकाको दर्ता भएको मितिको आधारमा सोलुखुम्बु पोष्ट नै पहिलो भएकोले दर्ताको अग्रता पाएको हो । २०६४ सालको प्रारम्भदेखि प्रकाशन आरम्भ गरेको सगरमाथा साप्ताहिकले पन्ध्रौं अंक सम्म प्रकाशन गरेपछि पत्रिका बन्द गरेको थियो । उक्त पत्रिकाको सम्पादक पनि हालका सोलुखुम्बु पोष्टका प्रधान सम्पादक पी।टी। लोप्चन नै हुनुहुन्थ्यो । <br>
छापाखाना तथा प्रकाशन ऐन २०४८ को दफा ७ मा पत्रपत्रिका प्रकाशन नगरेको मितिले एक बर्ष भित्र त्यसको लिखित सूचना सूचना विभागलाई नदिएमा पत्रिकाको दर्ता प्रमाणपत्र स्वतः खारेज हुने उल्लेख छ । तर यस्तो सूचना एक पटकमा बढीमा एक बर्षको अवधिको लागि र लगातार पाँच पटक गरी पाँच बर्षभन्दा बढी अवधिको लागि दिन नपाईने व्यवस्था छ । पत्रिका प्रकाशन गर्न बन्द गरेपनि तत्कालीन सगरमाथा साप्ताहिकले विभागलाई कुनै पनि जानकारी नदिएको विभाग स्रोतले जनाएको छ । <br>
सोलुखुम्बु पोष्ट सोलुखुम्बु जिल्लाकै पहिलो साप्ताहिक खबरपत्रिका भएपछि पोष्टका प्रधान सम्पादक पी।टी।लोप्चनले पहिचानको लडाईमा पोष्टले विजयी प्राप्त गरेको प्रतिकि्रया दिनुभयो । उहाँले भन्नुभयो ुहामी कामले अगाडि हुन चाहेका थियौं तर हाम्रो भन्दा पछि दर्ता भएको पत्रिकाले पहिलो भनेर दाबी गरेपछि पहिचानको संघर्ष गर् यौं र त्यो आज सफल पनि भएको छ ।ु दुवै पत्रिकाले पहिलो भनेर दाबी गरिरहँदा आम पाठकहरुमा उत्पन्न भएको भ्रमलाई हटाउनका लागि पनि यो कार्य गर्नु थियो उहाँले भन्नुभयो । पोष्टले पहिलो खबरपत्रिकाको आधिकारिता प्राप्त गरेसँगै विभिन्न संघसंस्था तथा व्यक्तिहरुले बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया
कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
*पूरा नाम
*ठेगाना
*ईमेल ठेगाना
*प्रतिक्रिया:
*क्याप्चा
Verification Image
Facebook add3 Add1