|
17, Dec, 2017
सगरमाथाको फेदीमा हिमाल एफ.एम. «» निशुल्क कोचिङ कक्षाप्रति विद्यार्थी आकर्षित «» रिपोर्टस्र क्लबको चार पुरस्कार र नौ सम्मानु,सर्वोत्कृष्ट शाखाको रुपमा सोलुखुम्बु शाखा अध्यक्ष निरौला सम्मानित «» जहाजले सुकायो पर्यटन,तीन गाविसमा सिमित जिल्लाको पर्यटन व्यवसाय «» टिम्बुरबोटेको नाङ्गो ओढारमा गगन थापा «» पाँच महिनाको अस्पताल वसाईपछि पुनर्जीवन पाए शरनदेवले «» कुन पहिलो,आधिकारिकता विवाद सुल्झियो,सोलुखुम्बु पोष्ट नै पहिलो खबरपत्रिका «» बुङको कोठेमा चट्टान बलेपछि देख्नेहरु आश्चर्यमा «» टा_िक्सन्दुमा शिक्षक अभिभावक संघ पुनर्ताजगी कार्यक्रम सम्पन्न «» नुनथला सामुदायिक बनद्धारा गस्ती «» जिल्ला खाद्य सुरक्षा साजाल गठन,ख्ााद्यन्न ढुवानी अनुदानमा फेज आउट नगर्ने «» चार जना कार्यालय सहयोगी सहित ५ कर्मचारी पुरस्कृत «» बाली जोगाउन रातभर जागै «» अनेरास्ववियू संगठन विस्तारमा «» राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय ९५ लाख घाटामा
Quick links
राशी फल
प्रतिक्रिया
ramro chha sangai dherai ramro garne sambhawona chha. hami jo rajdhani ma basera patrakarita garchhau.sabai sanga sahakarya garda ramro hunchha. thanks.
सामान्य ज्ञान
1. नेपालको सबैभन्दा ठूलो सिमेन्ट कारखाना कुन जिल्लामा पर्दछ ?
- उदयपुर
2. चिया खेतीमा प्रसिद्धी पाएको जिल्ला कुन हो ?
- इलाम
3. प्रशासन सुधारका लागि बुच कमिशन कहिले गठन भयो ?
- २००९ सालमा
4. नेपालको प्रतिस्पिर्धी क्षमता भएको क्षेत्र कुन हो ?
- जलश्रोत
5. गोभरगाढा भन्ने स्थान कुन जिल्लामा पर्छ ?
- सप्तरी
6. विश्व हुलाक संघमा हाल कति वटा राष्ट्रले सदस्यता लिएका छन्
- १८९
प्रमुख समाचार
September 14 2010

बुङको कोठेमा चट्टान बलेपछि देख्नेहरु आश्चर्यमा

- सोलुखुम्बु पोष्ट व्यूरो/बुङ २५ भदौ

प्रकृतिले यस्ता अनुपम उपहारहरु प्रदान गरेका छन् जसलाई सुन्दा पत्यार लाग्दैन तर जसले प्रत्यक्ष आँखाले हेर्न पाउँछन् उनीहरु आश्चर्यमा पर्छन् । २१ औं शताब्दीमा आएर यस्ता अदभूत निधिहरुले विज्ञानलाई समेत चुनौती दिईरहेका छन् । यस्तै अदभूत अनि सुन्दा पनि पत्यार नलाग्ने तर देखेपछि चटक जस्तो लाग्ने स्थान फेला परेको छसोलुखुम्बु जिल्लाको बुङ गाविसमा । जहाँ औंशी पूर्णिमा र पाचमीका रातहरुमा भीर र पाखापखेर बत्ती झैं बल्छ जुभिङको पाङ्गोम तथा वाकुको सिबुचे हुदै मेरापिक जाने बाटोमा पर्ने कोठे भन्ने स्थानमा यस्तो आश्चर्यजनक दृश्य देखिन थालेको हो । जुभिङको पाङ्गोमदेखि पर्यटकहरुलाई तीनदिन लाग्ने बुङ गाविसको कोठे भन्ने स्थानमा यस्तो दृश्य देखिएपछि पाङ्गोम गुम्बाका लामा पेमा रिक्जिन शेर्पा र ङवाङ तोप्देन शेर्पाले संयुक्त रुपमा अनुसन्धान गर्न थाल्नुभएको छ । कोठे गाउँकै खोलाको नजिकै पहाडको काखमा अवस्थित अन्दाजी ३० देखि ३५ फिट जत्ति अग्लो चट्टान बीचबाट ठाडो चिरिएको भागको दुवैतिर मान्छेले खोपे झैं कोठै कोठाको आकृति रहेको अवलोकनपछि टा_िक्सन्दु माविका शिक्षक सुरेश खड्काले बताउनुभयो । गुम्बाभित्र भगवान गौतम बुद्धको बचन काङग्यूर बाणी अनुबाद र तेन्ग्यूर शास्त्रअनुवाद राखिए झैं प्रतिबिम्ब देखिने हुनाले बौद्धमार्गीहरुले यस ठाउँलाई कुङगारावा समेत भन्न थालेका छन् । करीब १२ बर्ष अघि तामापोखरी फुटेर आउँदा तामाखोला छेउछाउको पाखापखेरा बगाएर लैजादा समेत त्यस स्थान वरिपरि कुनै पनि क्षति नपुगेको स्थानियबासीलाई उदृत गर्दै शिक्षक खड्काले सोलुखुम्बु पोष्टलाई जानकारी दिनुभयो । परापूर्वकालमा गुरु पद्धम सम्भवले धर्म ग्रन्थ लुकाएको हुनसक्ने र चट्टानको भित्री भागमा गुम्बामा ग्रन्थहरु राखिए झैं कोठैकोठाको आकृति बनेको पुगेको हुनसक्ने लामा पेमा रिक्जिन शेर्पाको अनुमान छ । उहाँ भन्नुहुन्छ ुसोलुखुम्बु जिल्लाको माथिल्लो भेग गुरु पद्धम सम्भको गह्य स्थान हो दोस्रो हाम्रो बौद्ध सम्प्रदायमा प्राणी र धर्म ग्रन्थ लुकाउने र निधिपतिहरुले निधि निकाल्ने प्रचलन रहेको हुँदा त्यस चट्टानमा गुरु पद्धम सम्भवले पनि धर्मग्रन्थ लुकाउनुभएको थियो होला ।ु<br>
पवित्र लोक उपकारी धर्म त्यस चट्टानभित्र राखिएका हुनाले त्यस चट्टानलाई तामाखोलाले भयंकर रुपलिँदा समेत हानी नपुर् याएको हुन सक्ने स्थानियबासीको विश्वास छ । बौद्धमार्गीहरुले उक्त स्थानलाई त्रिरत्न बुद्ध रत्न धर्म रत्न र संघ रत्न को दैनिक रुपमा विहान सात वटा भाँडामा पानी र धुप चढाई पवित्र चित्तले पूजा गर्ने गर्दछन् । प्रचारप्रसारको अभावमा यो ठाउँ ओझेलमा परेको र यसको प्रचारप्रसार गरी पर्यटन प्रबद्र्धनमा जोड दिनुपर्ने स्थानियबासीको माग छ । पाङगोम गुम्बाका लामाहरु पेमा रिक्जिन शेर्पा र ङवाङ तोपदेन शेर्पाले भने यसको बारेमा अनुसन्धान भईरहेको र अनुसन्धानपछि प्राप्त प्रमाणहरुको आधारमा पुस्तक प्रकाशन गर्ने बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया
कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
*पूरा नाम
*ठेगाना
*ईमेल ठेगाना
*प्रतिक्रिया:
*क्याप्चा
Verification Image
Facebook add3 Add1