|
17, Dec, 2017
सगरमाथाको फेदीमा हिमाल एफ.एम. «» निशुल्क कोचिङ कक्षाप्रति विद्यार्थी आकर्षित «» रिपोर्टस्र क्लबको चार पुरस्कार र नौ सम्मानु,सर्वोत्कृष्ट शाखाको रुपमा सोलुखुम्बु शाखा अध्यक्ष निरौला सम्मानित «» जहाजले सुकायो पर्यटन,तीन गाविसमा सिमित जिल्लाको पर्यटन व्यवसाय «» टिम्बुरबोटेको नाङ्गो ओढारमा गगन थापा «» पाँच महिनाको अस्पताल वसाईपछि पुनर्जीवन पाए शरनदेवले «» कुन पहिलो,आधिकारिकता विवाद सुल्झियो,सोलुखुम्बु पोष्ट नै पहिलो खबरपत्रिका «» बुङको कोठेमा चट्टान बलेपछि देख्नेहरु आश्चर्यमा «» टा_िक्सन्दुमा शिक्षक अभिभावक संघ पुनर्ताजगी कार्यक्रम सम्पन्न «» नुनथला सामुदायिक बनद्धारा गस्ती «» जिल्ला खाद्य सुरक्षा साजाल गठन,ख्ााद्यन्न ढुवानी अनुदानमा फेज आउट नगर्ने «» चार जना कार्यालय सहयोगी सहित ५ कर्मचारी पुरस्कृत «» बाली जोगाउन रातभर जागै «» अनेरास्ववियू संगठन विस्तारमा «» राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय ९५ लाख घाटामा
Quick links
राशी फल
प्रतिक्रिया
ramro chha sangai dherai ramro garne sambhawona chha. hami jo rajdhani ma basera patrakarita garchhau.sabai sanga sahakarya garda ramro hunchha. thanks.
सामान्य ज्ञान
1. नेपालको सबैभन्दा ठूलो सिमेन्ट कारखाना कुन जिल्लामा पर्दछ ?
- उदयपुर
2. चिया खेतीमा प्रसिद्धी पाएको जिल्ला कुन हो ?
- इलाम
3. प्रशासन सुधारका लागि बुच कमिशन कहिले गठन भयो ?
- २००९ सालमा
4. नेपालको प्रतिस्पिर्धी क्षमता भएको क्षेत्र कुन हो ?
- जलश्रोत
5. गोभरगाढा भन्ने स्थान कुन जिल्लामा पर्छ ?
- सप्तरी
6. विश्व हुलाक संघमा हाल कति वटा राष्ट्रले सदस्यता लिएका छन्
- १८९
अर्थतन्त्र
September 14 2010

जिल्ला खाद्य सुरक्षा साजाल गठन,ख्ााद्यन्न ढुवानी अनुदानमा फेज आउट नगर्ने

- बुद्धबीर बाहिङ/सोलुखुम्बु पोष्ट

नेपाल सरकारले सोलुखुम्बु जिल्लामा खाद्यन्न ढुवानीको लागि प्रदान गर्दै आएको खाद्यन्न ढुवानी अनुदान कुनै पनि गाविसमा फेज आउट गर्न नसकिने निर्णय गरेको छ । नेपाल खाद्य संस्थान प्रधान कार्यालयले जिल्लामा खाद्यन्न ढुवानी फेज आउट गर्ने या नगर्ने फेज आउट गर्नुपरे कतिवटा गाविस फेज आउट गर्ने लगायतका जवाफ मागेपछि जिल्ला खाद्य सुरक्षा संजाल गठन गर्न बसेको बैठकले यस्तो निर्णय गरेको हो । सोलुखुम्बु जिल्लाको खाद्य उत्पादन स्थिति खाद्य संचित स्थिति आदिलाई मध्यनजर गरी खाद्यन्न ढुवानी अनुदान हालका फेज आउट गर्न नसकिने निर्णय भएको नेपाल खाद्य संस्थान शाखा सल्लेरीका निमित्त शाखा प्रमुख चन्देश्वर मण्डलले जानकारी दिनुभयो । ुभर्खरै सडक यातायातले जिल्ला सदरमुकामलाई जोडेपनि खाद्यन्न ढुवानी सहज भईसकेको छैन यो जिल्लामा उत्पादित कृषि उपजले जिल्लाबासीलाई धान्न सक्ने अवस्था छैनत्यसले ढुवानी अनुदान फेज आउट गर्नुहुन्न भन्ने सर्वसहमति भयो ुमण्डलले भन्नुभयो । प्रमुख जिल्ला अधिकारी यादब सुवेदीको आतिथ्यमा बसेको बैठकले प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला खाद्य सुरक्षा संजाल गठन गरेको छ । समितिको उपाध्यक्षमा जिल्ला विकास समिति स्थानिय विकास अधिकारी तथा सदस्य सचिवमा जिल्ला कृषि विकास कार्यालय र र अन्य सबै सदस्य रहेका छन् । सदस्यहरुमा जिल्ला प्रहरी कार्यालय महिला विकास कार्यालय नेपाल खाद्य संस्थान नेपाल रेडक्रस सोसाईटी बागबाणी केन्द्र तथा उद्योग बाणिज्य संघ लगायतका छन् । बैठकले जिल्ला कृषि विकास कार्यालयको संयोजकत्वमा ७ सदस्यीय प्राविधिक कार्य समूह समेत गठन गरेको छ ।

तपाईको प्रतिक्रिया
कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
*पूरा नाम
*ठेगाना
*ईमेल ठेगाना
*प्रतिक्रिया:
*क्याप्चा
Verification Image
Facebook add3 Add1