|
14, Aug, 2018
सगरमाथाको फेदीमा हिमाल एफ.एम. «» निशुल्क कोचिङ कक्षाप्रति विद्यार्थी आकर्षित «» रिपोर्टस्र क्लबको चार पुरस्कार र नौ सम्मानु,सर्वोत्कृष्ट शाखाको रुपमा सोलुखुम्बु शाखा अध्यक्ष निरौला सम्मानित «» जहाजले सुकायो पर्यटन,तीन गाविसमा सिमित जिल्लाको पर्यटन व्यवसाय «» टिम्बुरबोटेको नाङ्गो ओढारमा गगन थापा «» पाँच महिनाको अस्पताल वसाईपछि पुनर्जीवन पाए शरनदेवले «» कुन पहिलो,आधिकारिकता विवाद सुल्झियो,सोलुखुम्बु पोष्ट नै पहिलो खबरपत्रिका «» बुङको कोठेमा चट्टान बलेपछि देख्नेहरु आश्चर्यमा «» टा_िक्सन्दुमा शिक्षक अभिभावक संघ पुनर्ताजगी कार्यक्रम सम्पन्न «» नुनथला सामुदायिक बनद्धारा गस्ती «» जिल्ला खाद्य सुरक्षा साजाल गठन,ख्ााद्यन्न ढुवानी अनुदानमा फेज आउट नगर्ने «» चार जना कार्यालय सहयोगी सहित ५ कर्मचारी पुरस्कृत «» बाली जोगाउन रातभर जागै «» अनेरास्ववियू संगठन विस्तारमा «» राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय ९५ लाख घाटामा
Quick links
राशी फल
प्रतिक्रिया
ramro chha sangai dherai ramro garne sambhawona chha. hami jo rajdhani ma basera patrakarita garchhau.sabai sanga sahakarya garda ramro hunchha. thanks.
सामान्य ज्ञान
1. नेपालको सबैभन्दा ठूलो सिमेन्ट कारखाना कुन जिल्लामा पर्दछ ?
- उदयपुर
2. चिया खेतीमा प्रसिद्धी पाएको जिल्ला कुन हो ?
- इलाम
3. प्रशासन सुधारका लागि बुच कमिशन कहिले गठन भयो ?
- २००९ सालमा
4. नेपालको प्रतिस्पिर्धी क्षमता भएको क्षेत्र कुन हो ?
- जलश्रोत
5. गोभरगाढा भन्ने स्थान कुन जिल्लामा पर्छ ?
- सप्तरी
6. विश्व हुलाक संघमा हाल कति वटा राष्ट्रले सदस्यता लिएका छन्
- १८९
प्रमुख समाचार
July 25 2010

मुद्दा फैसला नुहँदा कारागारमा बन्दिको चाप बढ्यो

- पी.टी.लोप्चन/सोलुखुम्बु पोष्ट

सल्लेरी०७ साउन । विभिन्न मुद्दामा जिल्ला अदालत सोलुखुम्बुले पुर्पक्षका लागि थुनामा राखेका अभियुक्तहरुको मुद्दा किनारा नलाग्दा जिल्ला कारागार शाखा सोलुखुम्बुमा बन्दीहरुको चाप बढेको छ । लामो समयदेखि जिल्ला कारागार शाखा सल्लेरीमा जेल जीवन विताईरहेका ३९ जना मध्ये २७ जना बन्दी मात्र छन् । पुरुषतर्फ २५ जनाको मात्रक्षमता रहेको कारागार शाखामा अहिले ३३ जना पुरुषहरु बस्दै आएका छन् । १० जनाको क्षमता रहेको महिलातर्फ भने ६ जना मात्र बस्दै आएका छन् ।
कारागार ऐनले अदालतद्धारा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको ६ महिनाभित्र मुद्दाको छिनोफानो गर्ने व्यवस्था गरेपनि यसो नगर्दा उक्त समस्या आएको हो । कारागार ऐन २०१९ को दफा १८ को उपदफा २ मा ुपुर्पक्षलाई थुनिएका थुनुवाको सम्बन्धमा नीज कारागार भित्र थुनिएको ६ महिना सम्ममा कुनै पनि कैद ठेकिएको रहेनछ वा निजलाई थुनाबाट मुक्त गर्ने आदेश आएको रहेनछ भने सो ६ महिना नाघेको ३ दिनभित्र जेलरले सो सम्बन्धी सबै कुरा खोली त्यस्तो थुनुवालाई थुन्न आदेश दिने अदालतको पुनरावेदन सुन्ने अदालतमा प्रतिबेदन गर्नुपर्ने ु उल्लेख छ ।
त्यस्ता बन्दीहरुका सम्बन्धमा आफूले पुनरावेदन अदालत राजविराजमा जानकारी गराएको भएपनि यससम्बन्धमा कुनै सुनुवाई नभएको जिल्ला कारागार शाखाका जेलर ओमप्रसाद सुवेदीले जानकारी दिनुभयो । कर्तव्य ज्यान सम्बन्धीको अभियोगमा पुर्पक्षको लागि थुनामा राखिएका सोताङ्गका ४ जना अभियुक्तहरु भने ३ बर्षदेखि बन्दी जीवन बिताइरहेका छन् ।
कारागार शाखामा रहेका बन्दीहरुको मुद्दा किनारा नलाग्दा यत्तिबेला जेल प्रशासनले कैदीबन्दीहरुलाई अटाई नअटाई राख्नुपरेको छ । जेलर सुवेदी भन्नुहुन्छ ुयिनीहरुलाई कैद तोकिएको भए अन्यत्र स्थानान्तरण गर्न सकिन्थ्यो बन्दी जीवन विताईरहेको बेला स्थानान्तरण गर्न सकिने व्यवस्था छैनु । यसका साथै न्यायलयको दृष्टिमा दोषी साबित नभएमा पनि उनीहरु फोकट जेल जीवन मात्र बिताईरहेका छन् । ुगरीबका छोराछोरी कतिपय दोषी नहुन पनि सक्छ मुद्दा फैसला भएको भए कि कैद भुक्तान शुरु हुन्थ्यो कि त घर फर्केर काम गर्ने अवसर मिल्थ्योु जेलर सुवेदीले सोलुखुम्बु पोष्टसँग भन्नुभयो ।
मुद्दाको फैसला चाँडो हुन नसक्नुका कारणबारे जिल्ला अदालतका न्यायधीस जगतनारायण प्रधानसँग बुझ्दा उहाँले यो विषयमा आफूले बोल्न नमिल्ने बताउनुभयो ।
 

तपाईको प्रतिक्रिया
कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
*पूरा नाम
*ठेगाना
*ईमेल ठेगाना
*प्रतिक्रिया:
*क्याप्चा
Verification Image
Facebook add3 Add1