|
21, Oct, 2018
सगरमाथाको फेदीमा हिमाल एफ.एम. «» निशुल्क कोचिङ कक्षाप्रति विद्यार्थी आकर्षित «» रिपोर्टस्र क्लबको चार पुरस्कार र नौ सम्मानु,सर्वोत्कृष्ट शाखाको रुपमा सोलुखुम्बु शाखा अध्यक्ष निरौला सम्मानित «» जहाजले सुकायो पर्यटन,तीन गाविसमा सिमित जिल्लाको पर्यटन व्यवसाय «» टिम्बुरबोटेको नाङ्गो ओढारमा गगन थापा «» पाँच महिनाको अस्पताल वसाईपछि पुनर्जीवन पाए शरनदेवले «» कुन पहिलो,आधिकारिकता विवाद सुल्झियो,सोलुखुम्बु पोष्ट नै पहिलो खबरपत्रिका «» बुङको कोठेमा चट्टान बलेपछि देख्नेहरु आश्चर्यमा «» टा_िक्सन्दुमा शिक्षक अभिभावक संघ पुनर्ताजगी कार्यक्रम सम्पन्न «» नुनथला सामुदायिक बनद्धारा गस्ती «» जिल्ला खाद्य सुरक्षा साजाल गठन,ख्ााद्यन्न ढुवानी अनुदानमा फेज आउट नगर्ने «» चार जना कार्यालय सहयोगी सहित ५ कर्मचारी पुरस्कृत «» बाली जोगाउन रातभर जागै «» अनेरास्ववियू संगठन विस्तारमा «» राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय ९५ लाख घाटामा
Quick links
राशी फल
प्रतिक्रिया
ramro chha sangai dherai ramro garne sambhawona chha. hami jo rajdhani ma basera patrakarita garchhau.sabai sanga sahakarya garda ramro hunchha. thanks.
सामान्य ज्ञान
1. नेपालको सबैभन्दा ठूलो सिमेन्ट कारखाना कुन जिल्लामा पर्दछ ?
- उदयपुर
2. चिया खेतीमा प्रसिद्धी पाएको जिल्ला कुन हो ?
- इलाम
3. प्रशासन सुधारका लागि बुच कमिशन कहिले गठन भयो ?
- २००९ सालमा
4. नेपालको प्रतिस्पिर्धी क्षमता भएको क्षेत्र कुन हो ?
- जलश्रोत
5. गोभरगाढा भन्ने स्थान कुन जिल्लामा पर्छ ?
- सप्तरी
6. विश्व हुलाक संघमा हाल कति वटा राष्ट्रले सदस्यता लिएका छन्
- १८९
प्रमुख समाचार
July 25 2010

जिल्ला प्रशासन कार्यालयद्वारा बार्षिक प्रगति विवरण सार्वजनिक

- सन्तोष कुमार राउत/सोलुखुम्बु पोष्ट

सल्लेरी०७ साउन । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले आर्थिक बर्ष २०६६÷०६७ मा ६ वटा मुद्दाहरु फैसला गरेको छ । अघिल्लो आर्थिक बर्षबाट जिम्मेवारी सरेको ६ वटा मुद्दा सहित १५ वटा मुद्दा भएकोमा कार्यालयले हातहतियार तथा खरखजाना अन्तर्गत ३ र सार्वजनिक अपराध सम्बन्धी ३ गरी ६ वटा मुद्दा फैसला गरेको हो । कार्यालयमा दर्ता भएका मुद्दाहरु मध्ये ९ वटा मुद्दा भने चालु आर्थिक बर्ष २०६७÷०६८ का लागि जिम्मेवारी सारिएको छ । आर्थिक बर्षको अन्त्यमा आएर केही मुद्दाहरु थपिएकाले संख्यात्मक रुपमा कम मुद्दा फैसला भएको प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका मुद्दाहरु मध्ये हातहतियार तथा खरखजानातर्फ २ र सार्वजनिक अपराधतर्फ ७ गरी ९ वटा मुद्दा भने फैसला हुन बाँकी रहेको छ । कार्यालयले आर्थिक बर्ष २०६५÷०६६ मा दर्ता भएका मुद्दाहरु मध्ये १७ वटा मुद्दाहरु फैसला गरेको थियो ।
यस्तै कार्यालयले यस आर्थिक बर्षमा विभिन्न शीर्षकबाट ५६ लाख ४२ हजार ४ सय २५ रुपैयाँ राजश्व संकलन गरेको छ । कार्यालयले राहदानी बापत ५३ लाख १५ हजार प्रशासनिक दण्ड जरीबानाबाट १ लाख ६० हजार २ सय ७५ र संस्था दर्ता तथा नवीकरणबाट १ लाख ६७ हजार १ सय ५० रुपैयाँ राजश्व संकलन गरेको हो । यो अघिल्लो आर्थिक बर्षको राजश्वको तुलनामा १५ लाख ४९ हजार २५ रुपैयाँले कमी होा । कार्यालयले अघिल्लो आर्थिक बर्षमा ७१ लाख ९१ हजार ४ सय ५० रुपैयाँ राजश्व संकलन गरेको थियो । कार्यालयले चैत्र महिना यता राहदानी वितरण गर्न नपाएपछि अघिल्लो बर्षको तुलनामा राजश्व संकलनमा कमी आएको अधिकारी सुवेदीले बताउनुभयो । सरकारले चैत्र १९ गतेदेखि मेशीन रिडेबल पासपोर्ट लागु गर्ने भन्दै प्रत्येक जिल्ला प्रशासन कार्यालयबाट राहदानी वितरणमा रोक लगाएको थियो । अधिकारी सुवेदीले आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलनको आयोजना गरी अघिल्लो आर्थिक बर्ष र यस आर्थिक बर्षमा कार्यालयद्धारा सम्पादन गरिएका कार्यहरुको प्रगति विवरण सार्वजनिक गरेको थियो ।

 

तपाईको प्रतिक्रिया
कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
*पूरा नाम
*ठेगाना
*ईमेल ठेगाना
*प्रतिक्रिया:
*क्याप्चा
Verification Image
Facebook add3 Add1