|
17, Dec, 2017
सगरमाथाको फेदीमा हिमाल एफ.एम. «» निशुल्क कोचिङ कक्षाप्रति विद्यार्थी आकर्षित «» रिपोर्टस्र क्लबको चार पुरस्कार र नौ सम्मानु,सर्वोत्कृष्ट शाखाको रुपमा सोलुखुम्बु शाखा अध्यक्ष निरौला सम्मानित «» जहाजले सुकायो पर्यटन,तीन गाविसमा सिमित जिल्लाको पर्यटन व्यवसाय «» टिम्बुरबोटेको नाङ्गो ओढारमा गगन थापा «» पाँच महिनाको अस्पताल वसाईपछि पुनर्जीवन पाए शरनदेवले «» कुन पहिलो,आधिकारिकता विवाद सुल्झियो,सोलुखुम्बु पोष्ट नै पहिलो खबरपत्रिका «» बुङको कोठेमा चट्टान बलेपछि देख्नेहरु आश्चर्यमा «» टा_िक्सन्दुमा शिक्षक अभिभावक संघ पुनर्ताजगी कार्यक्रम सम्पन्न «» नुनथला सामुदायिक बनद्धारा गस्ती «» जिल्ला खाद्य सुरक्षा साजाल गठन,ख्ााद्यन्न ढुवानी अनुदानमा फेज आउट नगर्ने «» चार जना कार्यालय सहयोगी सहित ५ कर्मचारी पुरस्कृत «» बाली जोगाउन रातभर जागै «» अनेरास्ववियू संगठन विस्तारमा «» राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय ९५ लाख घाटामा
Quick links
राशी फल
प्रतिक्रिया
ramro chha sangai dherai ramro garne sambhawona chha. hami jo rajdhani ma basera patrakarita garchhau.sabai sanga sahakarya garda ramro hunchha. thanks.
सामान्य ज्ञान
1. नेपालको सबैभन्दा ठूलो सिमेन्ट कारखाना कुन जिल्लामा पर्दछ ?
- उदयपुर
2. चिया खेतीमा प्रसिद्धी पाएको जिल्ला कुन हो ?
- इलाम
3. प्रशासन सुधारका लागि बुच कमिशन कहिले गठन भयो ?
- २००९ सालमा
4. नेपालको प्रतिस्पिर्धी क्षमता भएको क्षेत्र कुन हो ?
- जलश्रोत
5. गोभरगाढा भन्ने स्थान कुन जिल्लामा पर्छ ?
- सप्तरी
6. विश्व हुलाक संघमा हाल कति वटा राष्ट्रले सदस्यता लिएका छन्
- १८९
विचार विवेचना
July 25 2010

सगरमाथाको हिउँ पग्लेर चट्टानमात्र देखापर्न थालेको छ ।

सगरमाथाको हिउँ पग्लेर चट्टानमात्र देखापर्न थालेको छ ।

युवा पर्वतारोही ल्हाक्पा गेल्बू लामा शेर्पा बेनी -३ तुम्बुक सोलुखुम्बुका स्थायी बासिन्दा हुन् । जुनबेशी माध्यमिक विद्यालयबाट प्रवेशिका सम्मको अध्ययन पूरा गरेका शेर्पाले पछिल्लो समयमा बर्षेणी सगरमाथाको सफल आरोहण गरिरहनुभएको छ । पहिलो पटक सन् २००४ बाट आरोहण थालेका शेर्पाले सन् २०१० सम्ममा ६ पटक सगरमाथाको सफल आरोहण गरिसक्नुभएको छ । तिब्बती मोहोडाबाट समेत दुई पटक सफल आरोहण गरिसक्नुभएका आरोही शेर्पासँग हिमाल आरोहणको अनुभव जलबायु परिवर्तनले हिमालय क्षेत्रमा पुर् याएको असर र पर्यटन विकासको लागि राज्यको दायित्वको सेरोफेरोमा सोलुखुम्बुले गरेको कुराकानी ।
ड्डबर्षेणी रुपमा सगरमाथा आरोहण गरिरहनु भएको छ आफ्नो अनुभव बताईदिनुहोस् न !
मैले सन् २००४ देखि सगरमाथाको सफल आरोहण गर्दै आएको छु । हिमाल चढ्नका लागि स्पष्ट ज्ञान हुनुपर्ने रहेछ । शुरुमा त मलाई सगरमाथाको चुचुरोमा कहिले पुग्ला र कस्तो होला भनी कौतुहलता लग्यो । त्यसपछि सर्वप्रथम कोरियन किमायोङ युनिभसर्िटी भ्खभचधकत भ्हउभमष्तष्यल द्दण्ण्द्ध त्ष्दभत बाट न्चयगउ ीभबमभच को रुपमा गएको थिएँ । मैले सर्वप्रथम सन् २००४ मे १८ को दिन विश्वको सर्वोच्च शिखर सफल आरोहण गर्न सफल भएँ । त्यसपछि सन् २००५ मा नेपालबाट जर्मनी टोलीसँग त्यसैगरी २००७ मा क्ष्लतभचलबतष्यलबि भ्खभचधकत भ्हउष्मष्तष्यल मार्फत नेपालबाट आरोहण गरी सन् २००८ मा यसैमार्फत मे १९ मा ल्होत्से ८५१६ मिटर मे २९ मा ःयगलत भ्खभचभकत आरोहण गरें । उक्त हिमाल आरोहण गर्दा प्रथम पटक ल्होत्से हिमाल आरोहण गर्ने ग्रीस नागरिक ह्यारिस् पनि सँगै थिए । त्यसैगरी सन् २००९ मा प्रथम पटक सगरमाथा आरोहण गर्ने पुरुष निमा सँगै आरोहण गरें र सन् २०१० मा क्यानेडियन नागरिकसँग सगरमाथा आरोहण गरें मा तिब्बती मोहोडा बाट नै सफल आरोहण गरें ॥ आरोहणको क्रममा शारीरिक तन्दुरुस्ती हुनुपर्दोरहेछ । आरोहणको क्रममा धेरैजसो तालिम नै नलिई हिमाल चढ्ने देखिएकाले ज्यान गएको खबर सुन्छौं नेपाल सरकारले आरोहण टोलीसँगै पठाउने लेजेन अफिसर आधारशिवीरु भन्दा माथि नपठाउने भएकाले आरोहीहरुको पीरमार्का समस्या नबुझ्ने आधार शिवीरमा नै बसी पर्यटन बोर्डमा रिपोर्टिङ गर्ने गरेको पाईएकोले हामी आरोहीहरुलाई सही रुपमा मूल्याँकन नभएको अवस्था छ । त्यसैगरी अनपढ व्यक्तिहरु भाषा सम्बन्धी राम्रो ज्ञान नभएकाले र आरोहण साामग्रीको प्राविधिक ज्ञान नभएको देखेको छु जुन आरोहीका लागि नितान्त आवश्यक भएको मैले अनुभव गरेको छु ।
ड्डसगरमाथाको ६÷६ पटक आरोहण गर्नुयभयो हिमालय क्षेत्रमा जलवायु परिवर्तनले कस्तो असर पारेको छ केही महसुस गर्नुभएको छ
जलवायु परिवर्तनको असर अन्य क्षेत्रमा भन्दा अझ बढी हिमालय क्षेत्रमा परेको देखिन्छ । तीन चार बर्षको अन्तरालमा हेर्दा हिमालय क्षेत्रका हिउँहरु पग्लिएर हिमनदी भएर बगिरहेका छन् । बाह्रैमास सेताम्मे हिउँले ढाक्ने क्षेत्रमा चट्टानहरु देखिन थालेका छन् ।

ड्डसगरमाथा हिमालमै पोखरी भेटियो भन्ने समाचार सार्वजनिक भएको थियो तपाईले भेट्नुभयो
हिमशिखरमै पोखरी चािहं भेटिएको छैन । आधार शिवीरको नजिक छेउछाउमा छिटपुट रुपमा हिमालको हिउँ पग्लिएर ग्लेसियरको रुपमा भेटिएको छ । जसमध्ये इम्जा ग्लेसियर तापक्रम बृद्धिका कारण पानीको सतह बढ्दै जाने क्रममा देखेको छु ।
ड्डसगरमाथा आरोहण गर्ने मानिसहरुको चाप दिनानुदिन बढदै जाँदा यसलाई विश्राम दिनुपर्छ भनेर भन्नेहरु पनि छन् तपाईलाई कस्तो लाग्छ यो विचार ।
सगरमाथा आरोहणलाई विश्रााम दिने हो भने यसले नेपालको अर्थतन्त्रमा ठूलो असर पुग्छ । नेपालको अर्थतन्त्रमा यसले ठूलो असर पार्ने भएकालॆ बरु विश्राम दिनुभन्दा सगरमाथामा बढिरहेको प्रदुषण नियन्त्रणका लागि सरकारले उचित नीति अपनाएर प्रदुषण मुक्त बनाउन सबै पक्ष निकायसँग समन्वय गरेर जानुपर्छ ।
ड्डसरकारले घोषण गरेको नेपाल भ्रमण बर्ष २०११ आउन केही महिना मात्र बाँकी छ । सरकारको यो अभियानलाई सफल बनाउनका लागि के के गर्नुपर्ला
सरकारले नेपाल भ्रमण बर्ष सन् २०११ घोषणा गर्नु राम्रो कुरा हो । मुख्य कुरा यसको तयार कतिसम्म भएको छ भन्ने हो जस्तो सरसर्ती हेर्दा विश्वको अग्लो शिखर सगरमाथा अवस्थित जिल्लामा हालसम्म कुनै तयारी भएको देखिदैन । यसका लागि जिल्ला स्थित राजनैतिक दल संघसंस्था पर्यटन व्यवसायीहरुले चासो दिनुपर्ने बेला आएको छ । अर्को कुरा देशमा बन्द हडताल जस्ता कि्रयाकलापहरुले पर्यटनमा असर पुगेको छ । त्यसका लागि स्थिर राजनीति हुनुपर् यो । नयाँ नयाँ पर्यटकीय स्थलको पहिचान गरी प्रचारप्रसार गर्नुपर्छ हालको पर्यटन रोयल्टी पर्यटनकै क्षेत्रमा प्रयोग गर्नुपर्छ अनिमात्र पर्यटन प्रबद्र्धनमा मद्दत पुग्छ र सरकारको यो अभियानमा सघाउ पुग्न सक्छ ।
 

तपाईको प्रतिक्रिया
कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
*पूरा नाम
*ठेगाना
*ईमेल ठेगाना
*प्रतिक्रिया:
*क्याप्चा
Verification Image
Facebook add3 Add1